विराटनगर । मोरङको रंगेलीमा गाईले हालेर १ जना वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–९ दोहमनाका अन्दाजी ७५ वर्षीय रामप्रसाद शिवकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवकोटीलाई गोठमा काम गर्ने क्रममा बुधबार गाईले हानेर घाइते बनाएको थियो । टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियोरंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । नोबेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काएर लैजाँदै गर्दा आज (बिहीबार) शिवकोटीको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
परिवारका सदस्यले शवलाई घरमा लगेर राखेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया