केर्खा बस दुर्घटना अपडेट : पिडित पक्षबीच ४ बुँदे सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु
विराटनगर । झापाको कमल गाउँपालिकाको केर्खामा बुधबार साँझ भएको सवारी दुर्घटना भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ ।
पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि बिहीबार बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोह...











