बुढीगंगामा बुढीगंगा गोल्डकपको तयारी

बुढीगंगामा बुढीगंगा गोल्डकपको तयारी
बुढीगंगा । मोरङको बुढीगंगा गाउँपालिकाले बुढीगंगा गोल्डकप तयारी थालेको छ । आइतबार गाउँपालिकामा भएको स्थानिय बुद्दिजिवी, राजनीतिज्ञ तथा गाउँपालिका अध्यक्ष र अन्य व्यक्तिहरूको भेलाले गोल्डकपको तयारी गर्ने गरेको हो । आज पहिलो चरण छलफल भएको र यसको तयारीको लागि विभिन्न चरणमा छलफल गरिने गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले जानकारी दिए । उनले भने, ‘हामी पुनः गाउँपालिकाका सम्पूर्ण राजनीतिज्ञ, समाजसेवी,...

मोरङमा श्रीमानले गरे श्रीमतीको हत्या

मोरङमा जग्गा विवादका कारण आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् । उनले आइतबार (आज) खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विरा...

करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइत...

नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य प्रतियोगिता हुने

नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य प्रतियोगिता हुने
पर्यटकीय राजधानी पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समुदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः ...

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा लगायो ताला

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा लगायो ताला
तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका व्यापारीको गोदाममा ताला लगाइदिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ संकलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ संकलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशन...

गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ

गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भइ फरार रहेका एकजना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।  धनुषा सवैला नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पवन महतोलाई प्रहरीले बिहीबार प्रकाउ गरेको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको छ। २०६५ सालमा धनुषा सबैला नगरपालिका वडा नम्बर १३ बस्ने नागेन्द्र यादवको गोली हानी हत्या गरी फरार रहेका थिए।  सर्वोच्च अदालतले २०८० /१०/०८ गते महतोलाई जन्मकैदको सजायको फैसल...

ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ

ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ
सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिए। उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लाग...

कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार

कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार
विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४...

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६८ जनाको मृत्य...