खोला तर्ने क्रममा बगेर एकजनाको मृत्यु

खोला तर्ने क्रममा बगेर एकजनाको मृत्यु
काभ्रेको रोशी गाउँपालिकाको सानो भुक्देउ खोला तर्ने क्रममा  बगेर एकजनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजेको समयमा काभ्रे जिल्लाको रोशी गाउँपालिका -१ सानो भुक्देउस्थितमा सोही ठाउँ बस्ने ४५ वर्षीय कमल विक खोलाले बगाएर बेपत्ता भएका थिए। रोशी १ न वडाको वडा अध्यक्ष श्रीदास लामाले विकलाई विहान मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको लामाले बताए...

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

पहिरोमा पुरिएर तीन जनाको मृत्यु
जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ ।  स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो ।  शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी ...

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा ...

किसानलाई हल गोरु वितरण

किसानलाई हल गोरु वितरण
भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्कीस्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थि...

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा घट्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । आइतबार प्रतितोल १ लाख ४४ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज १ लाख ४४ हजार ३ कायम भएको छ । महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार १...

अन्तराष्ट्रिय कराँतेमा नेपालकी दीपा लामाले जितिन् स्वर्ण पदक

अन्तराष्ट्रिय कराँतेमा नेपालकी दीपा लामाले जितिन् स्वर्ण पदक
विराटनगर । जर्मनीमा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा महिलातर्फ नेपालकी दीपा लामाले स्वर्ण पदक जितेकी छन् । ६१ किलो तौल समूहमा लामाले स्वर्ण पदक जित्दै नेपालको नाम विश्वसामु उच्च राख्न सफल भइन् । उनले क्वाटर फाइनलमा गिस्सर इसाबेललाई ४–७ अंकले पराजित गरिन् भने, सेमी फाइनलमा अष्ट्रियाकी गस्तल वरोनिकालाई १–४ अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । फाइनलमा जर्मनीकी मोस्टर्ट मडेलिन...

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगह...

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए  । प्रहरीले काठमाडौँको सानो गौचरनस्थ...

निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरू बिदा

निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरू बिदा
निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरूमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले आज (आइतबार) यहाँ रहेका सबै विद्यालयहरूमा बिदा दिने सूचना जारी गरेको हो । मेयर हेमकर्ण पौडेलद्धारा जारी सूचनाअनुसार निरन्तरको वर्षाका कारण पठनपाठन गर्न समस्या भएका कारण बिदा दिइएको हो । बिदाको दिन पठनपाठनसहित परीक्षासमेत सञ्चालन नगर्न/नगराउन सूचनामा उल्लेख गरिएको छ । शनिबारदेखि कोशी प्रदेशसहित देशैभर निरन्तर वर्षात...

भोलिदेखि मनसुनको सक्रियतामा कमी आउने

भोलिदेखि मनसुनको सक्रियतामा कमी आउने
भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जानकारी दिएको हो। न्यून चापिय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिण तिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने छ। भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूम...