मोरङको ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधनको चाबी खोसेका छन् । खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् ।
अध्यक्ष माझीले सवारी खोस्नुको मुख्य कारण भने कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालतमा पुग्नु हो । गत माघ ३० गते कार्यपालिका बैठक मार्फत ल...











