काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भयो ।
प्रबन्ध निर्देशक पहाडीले नेपाली फिल्म क्षेत्रकी प्रसिद्ध कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवद्र्धन र बजारीकरणमा लाभ मिल्ने विश्वास व्यक्त गरिन् ।


















