एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)मा भारतीय महिलालाई मृत्युदण्ड दिइएको छ । भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको हो ।
विभिन्न सञ्चारमाध्यमका अनुसार केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी)ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । उनको अन्त्येष्टि बुधबार गरिने छ ।
३३ वर्षीया शहजादी खान भारत उत्तर प्रदेशकी हुन् । उनी संयुक्त अरब इमिरेट्सको एक घरमा घरेलु कामदारको रूपमा काम गर्दै थिइन् ।उनले बच्चाको हेरचाह गर्ने गर्थिन् । त्यस क्रममा बच्चाको मृत्यु भएपछि शहजादीलाई जिम्मेवार ठानेर मृत्युदण्डको सजाय सुनाइएको समाचारहरुमा उल्लेख छ ।


















