सुनको भाउ एकैदिन ११ हजार ६ सय घट्यो
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल आज सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको ...











