खोटाङ जिल्ला साकेला गाउँपालिका–१ घर भई हाल धापाखेलमा बसोबास गर्दै आएका २३ वर्षीय शिवकुमार बि.क.लाई बिहीबार राति करिब २:५० बजे पक्राउ गरिएको हो। स्थानीयले उनी मद्यपान गरी हो–हल्ला गरेको जानकारी दिएपछि धापाखेल प्रहरी प्रभागबाट खटिएको टोलीले चेकजाँच गर्दा बि.क.को कम्मरमा रहेको ब्यागभित्र हतियार फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट ५००००४९१ नम्बरको म्याग्जिन सहितको गोली नभएको चाइनिज पेस्तोल एक थान, राष्ट्रिय वाणिज्य बैंकको ट्यागसहितको नगद रु. चार लाख अठहत्तर हजार रुपैयाँ र आईफोन एक थान बरामद गरेको छ।
बरामद सामग्रीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया