रक्सीले मातेका मालपोत हाकिम कार्यालयबाटै प्रहरी नियन्त्रणमा
काठमाडौं । मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय समयमा मालपोत प्रमुख मातेर कार्यालयमा बसेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय जलेश्वरको प्रहरी टोलीले बोगटीलाई पक्राउ गरेको डीएसपी माधव बुढाथोकीले जानकारी दिए। ‘जिल्ला अस्पताल जलेश्वरमा मेडिकल गराएका छौं। मदिरा सेवन गरेको रिपोर्ट आएको छ,’ उनले भने, ‘प्रमुख बोग...











