दुईवटा चितुवा बारीमा मृत भेटिए

दुईवटा चितुवा बारीमा मृत भेटिए
बारीमा दुईवटा चितुवा मृत भेटिएका छन् । पोथी र बच्चा चितुवा मृत फेला परेका हुन् ।डिभिजन वन कार्यालयका गोरखाका प्रमुख प्रमुख मदनमोहन शालिण्यका अनुसार पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँस्थितबारीमा अन्दाजी २ वर्षको पोथी र बच्चा चितुवा मृत भेटिएका हुन् । चितुवाको अर्को बच्चा भने जीवितै फेला परेको उनले बताए । चितुवाको मृत्युको कारण खुल्न सकेको छैन । स्थानीयले बारीमा मृत चितुवा देखेपछि वन...

मोरङमा बिजुलीको पोलमा चढेका व्यक्तिको करेन्ट लागेर मृत्यु

मोरङमा बिजुलीको पोलमा चढेका व्यक्तिको करेन्ट लागेर मृत्यु
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलस्थित रेल–वे लाइनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । कटहरी–३ का अन्दाजी ३६ वर्षीय फिरोज मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बिजुलीको पोलमा चढेका उनी करेन्ट लागेर भुइँमा झरेका थिए । उनी आज (बुधबार) बिहान १० बजेतिर घाइते अवस्थामा फेला परेका थिए । करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारका क्र...

सुनसरीबाट ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनसरीबाट ब्राउन सुगर सहित एक युवक पक्राउ
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फुल चौकबाट प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी वरिष्ठ नायव निरीक्षक अशोक कोइराला र लागू औषध नियन्त्रण ब्युरो विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज कुमार चौधरी नेतृत्वको संयुक्त टोलीले सोमबार बेलुकी ४ बजे चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउ...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरेर मनाइँदै छ। आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्...

आज २१ माघ २०८१ सोमवारको राशिफल

आज २१ माघ २०८१ सोमवारको राशिफल
मेष । पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेक‍ो छ। राजकीय मामिलाहरु सुल्झिने छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ ...

कुकुरले टोकेर एक बालकको मृत्यु

कुकुरले टोकेर एक बालकको मृत्यु
झापा । झापाको कन्काई नगरपालिकामा कुकुरले टोकेर एक जना बालकको मृत्यु भएको छ। सङ्खुवासभा चैनपुर नगरपालिका–७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरागरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो । विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो । बालकलाई भद्रपुरस्थित प्रादे...

आज २० माघ २०८१ आइतवारको राशिफल

आज २० माघ २०८१ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नुहोला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। घरको सजावटमा धन खर्च हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ। वृष । पारिवारिक सम्बन्धहरूलाई राम्रो बनाउने कोसिस गर्नुहोला। युवा वर्गहरूलाई रचनात्मक कार्यमा चासो लाग्नेछ। शुभचिन्तकहरूबाट प्रशंसा पाइएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। ...

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रवार संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् । उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोज...

दोमुखाको होटलमा सहकर्मीसग रङ्गेहात फेला परेका सापकोटा पक्राउ

दोमुखाको होटलमा सहकर्मीसग रङ्गेहात फेला परेका सापकोटा पक्राउ
अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ । बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी ...

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो
खोटाङ- खोटाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१२ जालपामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो। स्थानीय जसबहादुर राईको घरबाट अन्दाजी ८ सय मिटर पर रहेको बाँसभञ्ज्याङ नजिकै खाल्डो खनेर पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ। शिशु मृत भेटिएको भन्ने जानकारी आएपछि प्रहरी चौकी जालपाको टोली घटनास्थल पुगेको र शिश...