बारीमा दुईवटा चितुवा मृत भेटिएका छन् । पोथी र बच्चा चितुवा मृत फेला परेका हुन् ।डिभिजन वन कार्यालयका गोरखाका प्रमुख प्रमुख मदनमोहन शालिण्यका अनुसार पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँस्थितबारीमा अन्दाजी २ वर्षको पोथी र बच्चा चितुवा मृत भेटिएका हुन् । चितुवाको अर्को बच्चा भने जीवितै फेला परेको उनले बताए ।
चितुवाको मृत्युको कारण खुल्न सकेको छैन । स्थानीयले बारीमा मृत चितुवा देखेपछि वन कार्यालयलाई खबर गरेका हुन् । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया