आईएस प्रमुख बग्दादीमाथिको आक्रमणको दृश्य सार्वजनिक
काठमाडौँ । अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके इस्लामिक स्टेट ९आर्ईएस० प्रमुख अबु बकर अल–बगदादीलाई मार्न आफूले गरेको कारबाहीको दृश्य सार्वजनिक गरेको छ । सेनाले सार्वजनिक गरेको भिडियोमा स्थल कारबाहीका लागि बगदादी लुकेर बसेको स्थानतर्फ जानुअघि अमेरिकी हवाई सेनाले जमिनमा रहेका लडाकुलाई लक्षित गरी आक्रमण गरको देखिन्छ। सेनाहरू जमिनमा उत्रनुअघि ज्यान जोगाउन सुरुङभित्र पसेका बगदादीले भेस्ट बम विस्फ...











