ट्रान्सफर्मर चोरीले विद्युत् प्राधिकरण हैरान
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सर्फमर चोरी भएको छ । खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो ।
स्थानीयका अनुसार मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो । किसानले लोभोल्टेजमा समस्या भएको बताएपछि प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिएको थियो ।
यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी भ...











