कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ। वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालय पछिल्ला वर्षहरूमा उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र प्रयोगात्मक शिक्षण पद्धतिका कारण विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो।
वि.सं. २०५८ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आए...











