विराटनगरको होटलमा छापा, नाबालिकालाई अनैतिक धन्दामा लगाएको आरोपमा दुई पक्राउ
विराटनगर । विराटनगरको एक होटलमा प्रहरीले छापा मारेर दुई जनालाई नियन्त्रणमा लिएको छ। १६ वर्षीया नाबालिका किशोरीलाई अनैतिक धन्दामा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियन्त्रणमा पर्नेहरूमा विराटनगर महानगरपालिका–१२ निवासी ३३ वर्षीय होटल सञ्चालक पर्शुराम कामत र विराटनगर–८ निवासी २६ वर्षीय मनिष ठाकुर रहेका छन्।
प्रहरीका अनुस...











