भिआइपी मुभमेन्टमै समातियो रुपन्देहीबाट ३ ट्रक अवैध चिनी
भैरहवा । रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी बरामद भएको छ । जिल्लामा भिआइपी मुभमेन्ट भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएका हुन ।
गत शनिबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २१० बोरा अवैध चिनी बरामद भएको थियो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको ...











