विराटनगर / गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ ।

 

विद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।विद्यार्थीको रोजाइ अनुसार कलेजले आज कविता प्रतियोगिताको आयोजना गरेको छ ।

कलेजको सभाहलमा ‘शान्तिका लागि निश्शस्त्रीकरण’ शीर्षकमा आयोजना गरेको कविता प्रतियोगिताको प्रथम कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी पोखरेल घोषित भइन् ।

यस्तै, इशान पौडेल, सिरिन भट्टराई, प्रतीक भट्टराईले दोस्रो स्थान हासिल गरे भने सम्पता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई, साम्राज्ञी बस्नेत तृतीय भए । यसैगरी, अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार पाए ।

कक्षा ११ र १२ का २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

साहित्यकारहरू चुणामणि नेपाल ‘अकिंचन’, मीनकुमार नवोदित र डा विमल श्रीवास्तवले प्रतियोगितामा निर्णायक रहेका थिए ।

बिजेता हुने विद्यार्थीहरुलाई कलेज प्रिन्सिपल ज्ञानबहादुर खड्का र निर्णायकहरुले प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन कलेजले अतिरिक्त क्रियाकलापहरुमा जोड दिदै आएको बताए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएर लगेको उनले बताए । ‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्ना थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’

कार्यक्रममा प्रतियोगिताका निर्णायक तथा साहित्यकार मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए ।

कार्यक्रममा विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारीलागयतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया