धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।
शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो ।
ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो । बसका मालिक हरेन्द्र चेम्जोङ हुन् ।प्रहरी स्रोतका अनुसार विराट...










