मोटरसाइकल र बोलेरो दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु,

मोटरसाइकल र बोलेरो दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु,
बोलेरो र मोटरसाइकल ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।   दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ६ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगे...

हरिनगरमा कांग्रेस र फोरम लोकतान्त्रिक समायोजन

हरिनगरमा कांग्रेस र फोरम लोकतान्त्रिक समायोजन
नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएपछि सुनसरीको हरिनगर गाउँपालिकामा पनि पार्टी एकता र समायोजित भएको छ । सुनसरीमा नेपाली कांग्रेसले पार्टी एकता तथा समायोजन गर्ने प्रक्रियालाई अगाडि बढाएसँगै हरिनगरमा समेत समायोजन प्रक्रिया पुरा भएको छ । मंगलबार एक कार्यक्रम आयोजना सांसद ताहिर अन्सारीको घरमा भएको गाउँपालिका स्तरीय भेलाले शिवहरी श्रेष्ठ सभापति, देवनारायण मेहता उप–सभापति, रन...

आमाले छोरीलाई मुखमा टेप बाँधेर ह’त्या गरि श’व नालीमा फ्याँ’किन्

आमाले छोरीलाई मुखमा टेप बाँधेर ह’त्या गरि श’व नालीमा फ्याँ’किन्
भारतको कोलकातामा ३५ वर्षकी एक महिलाले आफ्नी दुई महिने छोरीको ह’त्या गरेकी छिन् । महिलाले सुरुमा बालिकाको अनुहार सेलोटेपले बेह्रिदिइन् जसका कारण सा’स फेर्न नसकेपछि उनको मृ’त्यु भयो । पछि उनले बालिकाको श’वलाई घर नजिकैको नालीमा फ्याँकिदिइन् । महिलालाई अहिले पुलिसले प’क्राउ गरेको छ । पुलिसले महिला पो’स्टपार्टम डि’प्रेशनको शि’कार भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रदेश १ सचिवालयको जीप दुर्घटना

प्रदेश १ सचिवालयको जीप दुर्घटना
सप्तरीको शम्भुनाथमा बुधबार बिहान प्रदेश १ सचिवालयको जीप दुर्घटना भएको छ। परिवारसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दिपक घिमिरे चढेको प्रदेश १–०२–००१ झ ०७१६ नम्बरको जीप दुर्घटनामा परेको सप्तरी प्रहरीले जनाएको छ। दुर्घटनामा उपसचिव दिपक र उनका छोरा ११ वर्षीय दिघार्यु घिमिरे घाइते भएका छन्। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको जीप शम्भुनाथमा दुर्घटना हुँदा घिमिरे र छोरा घाइते भएका छन् भने श्रीमति...

सि.के.राउतले गृह जिल्लामा शक्ति प्रदर्शन गर्ने

सि.के.राउतले गृह जिल्लामा शक्ति प्रदर्शन गर्ने
काठमाडौँ । मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा। सिके राउतको नेतृत्वमा शक्ति प्रदर्शनसहित विशाल आमसभाको तयारी गरिएको मंगलबार पार्टी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । डा।राउत सप्तरी जिल्लाकै निवासी हुन् । उनको घर सप्तरीको महदे...

यस कारण राज्यमन्त्री झाले दिइन् राजीनामा

यस कारण राज्यमन्त्री झाले दिइन् राजीनामा
काठमाडौँ ।  प्रदेश २ की राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन् । उनले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत,पदीय मर्यादाको प्रतिष्ठा जोगाउनका लागि भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् । राजपाको संसदीय दल मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई झालेबुझाएको राजीनामा पत्रमा राज्यमन्त्री पदको मर्यादा र प्रतिष्ठा जोगाउन लामो समयदेखिको आफ्‍नो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने ...

मोरङमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

मोरङमा प्रेमीसँग मिलेर  श्रीमानको हत्या
मोरङ / मोरङ ग्रामथान गाउपालिका वडा नं. ३ स्थित ढङटोलीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यू भएको भनिएका ४५ को विकास सरदारको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको छ । गत माघ ६ गते विहान अन्दाजी ५ बजेको समयमा सरदार खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा प्रहरी टोली खटि गई...

टिपरले किचेर एक युवकको मृत्यु मृतकका आफन्तले टायर बालेर विरोध प्रदर्शन

टिपरले किचेर एक युवकको मृत्यु मृतकका आफन्तले  टायर बालेर विरोध प्रदर्शन
सुर्खेत / वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए। उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो । मृतकका आफन्तले य...

एक  स्टाफ नर्स  आफ्नै डेरामा मृत अवस्थामा फेला

एक  स्टाफ नर्स  आफ्नै डेरामा मृत अवस्थामा फेला
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा  कार्यरत दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब १५ महिना अघि  बिवाह गरेकी श्रेष्ठ आफ्नै डेरामा  झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । करिब एक महिना अघी  धनगढीमै आफ्नै डेरामा  २० वर्ष...

 मोरङमा हत्या गरिएको अवस्थामा युवाको शव फेला

 मोरङमा  हत्या गरिएको अवस्थामा युवाको शव फेला
मंगलबार  मोरङ र सुनसरी जिल्ला छुट्याउने केशलिया खोला किनार नजिकै एक युवकको  शव नग्न अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने उक्त खोलाको किनार  नकिकै  बालुवासँगै परालले पुरेको अवस्थामा युवाको शव  भेटिएको हो । अन्दाजी २०/२५ वर्ष जस्तो देखिने  पहिचान खुल्न नसकिएको सो युवकको शव पोष्टमार्टम...