प्रदेश एकमा मन्त्री परिषद विस्तार, थपिए ४ राज्यमन्त्री

प्रदेश एकमा मन्त्री परिषद विस्तार, थपिए ४ राज्यमन्त्री
  विराटनगर / प्रदेश १ सरकारमा आइतबार चार जना राज्यमन्त्री थपिँदैछन् । गठन भएको दुई वर्षपछि पहिलो पटक सरकार विस्तार हुन लागेको हो । दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्तीको तयारी मुख्यमन्त्री शेरधन राईले गरेका छन् । राईले प्रदेश १ मा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त...

खनारमा खाल्डोको पानीमा डुबेर बालकको मृत्यु

खनारमा खाल्डोको पानीमा डुबेर बालकको मृत्यु
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकामा खाल्डोको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । इटहरी १३ स्थित खनारमा खाल्डोको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मोहमद अवु जाहेरीको २ वर्षिय छोरा मोहमद रसुदिन मिया आफ्नै घर छेउमा रहेको पानि जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी बिराट हेल्थ टेक्निकल कलेज बाँसबारी बिराटनगर लगिएकोमा उपचारको क्रममा साँझ ६ बजेको समय...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान
श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । पुस ६ गते प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनले आफ्नी ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । शेरचनलाई श्रीमती हत्या गरेको अभियोगमा जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि थुनामा कारागार चलान गरेको त्यहाँका प्रहरी प्रमु...

ग्याङफाइट हुँदा तीनजना घाइते

ग्याङफाइट हुँदा तीनजना घाइते
मोरङको धनपालनथानमा ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् । धनपालनथान गाउँपालिका–४ हरकपुरमा शनिबार राती मादक पदार्थ सेवनपछि युवा बीचमा उत्पन्न विवाद ग्याङ फाइटमा परिणत भएको हो । ग्याङफाइट घाइते भएका तीन मध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर मह...

बिश्वकर्मा र राणाबीच मागी बिवाहा

बिश्वकर्मा र राणाबीच मागी बिवाहा
नाकुटु च्यानाकुटु झ्याइ गर्ने बाजा , गर्ने बाजा, मनपरेको मायालाई पाएँ आज आज । बानेश्वर ब्याँकेट परिसरमा नौमती वाजा वजिरहेको थियो । अर्कोतिर परम्परागत रितअनुसार जग्गे राखिएको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको पानी खाँदै थिए । दुलहा दलित थिए, दुलही राणा । केहीले भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि किन पानी नै खानुप¥यो । द...

घरमा आगलागी हुँदा लाखौ को क्षती

घरमा आगलागी हुँदा लाखौ को क्षती
मोरङ  / मोरङ पथरीशनिश्चरे नगरपालिका- ५ शान्ति चोक बस्ने वर्ष ३८ को रामजी रिजालको घरमा आगलागी हुँदा लाखौ रुपैया बराबरको क्षती भएको छ । आज बिहान ८ बजेको समयमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा टिनको छाना भएको २ तले काठको घर, घर भित्र रहेको सुन-१७ तोला, चाँदी-२० तोला, नगद ३ लाख ५५ हजार, अन्नपात, लत्ताकपडा , भाडावर्तन, फर्निचर, गरी अंदाजी ५५ लाख बराबरको क्षती भएको छ । घटनाबारेमा जानकारी पाउ...

स्मृती बोर्डिङ स्कुलले ग्रामिण बालबालिका ल्याउने अभियानमा

स्मृती बोर्डिङ स्कुलले ग्रामिण बालबालिका ल्याउने अभियानमा
विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृती बोर्डिङ स्कुलले निशुल्क भर्ना लिने भएको छ । सरस्वती पुजाको अवसरमा आर्थिक अबस्था कमजोर भएका ग्रामिण अभिभावकलाई लक्षित गरी भर्ना निशुल्क गर्न लगिएको बिद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिईन् । विद्यालय आउन नपाएका बिद्यार्थीलाई लक्षित गरेर यो अभियान संचालन गर्न लागिएको उनको भनाई छ । बिशेषगरी सिमान्तृकत समुदायका बालबालिकालाई बिद्यालयसम्म ल्याउने ...

साेलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो

साेलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो
सोलखुम्बु / सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको छ । कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङल...

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु
लाहान / पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी ...

रुखबाट लडेर सचिवको मृत्यु

रुखबाट लडेर सचिवको मृत्यु
बनेपा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ। घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । उनले लामो समयदेखि वड...