नागढुङ्गाबाट १६ किलो चरेससहित दुई जना पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा चेकजांच गर्ने क्रममा छुट्टा छुट्टै यात्रुबाहक बसबाट दुई जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले धादिङबाट काठमाडौँ आउँदै गरेको बा.३ ख ८३८५ न.को यात्रु बाहक बसबाट मकवानपुर थाहा न.पा.वडा नम्बर २ पालुङ बस्ने वर्ष ५१ ...







