राजविरा / भारतको एक विश्वविद्यालयमा एक नेपाली युवाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिकाका १८ वर्षीय हेमन्त मण्डलको बुधबार राति मृत्यु भएको हो । विश्वविद्यालय प्रशासनको लापरबाहीका कारण पञ्जावस्थित मण्डी गोविन्दगर्हमा रहेको रिम्ट ‘युनिभर्सिटी’ मा अध्ययनरत मण्डलको मृत्यु भएको हो ।

मण्डलको मृत्युपछि आक्रोशित नेपाली र केही कश्मिरी विद्यार्थीहरुले युनिभर्सिटीमा तोडफोड गरेका छन् । उनीहरुले विश्वविद्यालय प्रशासनको चरम लापरबाहीका कारण हेमन्तको मृत्यु भएको आरोप लगाएका छन् ।

एक विद्यार्थीका अनुसार हेमन्तलाई बुधवार बिहानैदेखि अस्वभाविक रुपमा पेट दुखिरहेको थियो । सो विषयमा जानकारी गराउँदै हेमन्तले वार्डेन मोहन सिंहसँग उपचारका लागि अस्पताल जानुपर्ने भन्दै ५ सय रुपैयाँ मागेका थिए । तर, वार्डेनलाई ५ सय रुपैयाँ नदिएपछि हेमन्तलाई अस्पताल रोक्नाले उनको मृत्यु भएकोे विद्यार्थिहरुको आरोप छ । मृतक हेमन्तको शव भने सोही ठाउँमा रहेको मण्डी गोविन्दगर्ह अस्पतालमा राखिएको विद्यार्थीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया