संखुवासभाको सभापोखरी गाउँपालिका ३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा सभापोखरी २ ज्यामिरेका ध्वजवीर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए।

बिहीबार दिउँसो १२ बजे विद्युत सर्ट भएर आगलागी हुँदा राईको घर जलेर नस्ट भएको हो। आगलागीबाट नगद तीन लाख, ५ तोला सुनका गरगहना, ल्यापटप, साउण्ड सिस्टम, अन्नपात, भाडाबर्तन जलेर नष्ट भएको संखुवासभा प्रहरीले जनाएको छ। १२ बजे लागेको आगो ३ बजे स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया