राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी प्रधानमन्त्री र भारतीय राष्ट्रपतिलाई भेट्ने
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको चारदिने राजकीय भ्रमण पूरा गरी शनिबार जापान प्रस्थान गरेकी छन् । उनी जापान सरकारको निमन्त्रणामा चारदिने मैत्रीपूर्ण भ्रमणका लागि गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिले मंगलबार जापानका राजा नारुहितोको राज्यारोहण समारोहमा भाग लिनेछिन् । त्यही क्रममा उनले जापानका प्रधानमन्त्री सिन्जो अबे र भारतका राष्ट्रपति रामनाथ कोबिन्दसँग समेत भेट्ने कार्यक्रम...











