अनुदानको मलमा बेथिति, अनुमति नलिएका पसलमा छापा
झापा : झापामा किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदानको रासायनिक मल बिक्री–वितरणमा गम्भीर अनियमितता देखिएको छ।
अनुमति नै नलिएका पसलबाट मल बिक्री भइरहेको भेटिएपछि कृषि ज्ञान केन्द्र झापाले अनुगमन तीव्र बनाएको हो ।
मङ्गलवार जिल्लाका विभिन्न स्थानमा गरिएको संयुक्त अनुगमनका क्रममा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ राजगढमा रहेको दुलाल कृषि भण्डारले बिना स्वीकृति अनुदानको मल बिक्री गरिरहेक...










