झापा कमल गा.पा.२ समयगढस्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भइ उपचारका क्रममा कमल २ का धान्यप्रसाद दुलालकाे मृत्यु भएकाे छ ।
क्याम्पा बजारबाट छलफल चोक तर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री कमल २ का ७६ वर्षीय धान्यप्रसाद दुलाललाई ठक्कर दिदा गम्भिर घाइते भएका दुलाललाई कमल नगर अस्पताल क्याम्पामा सामान्य उपचार पश्चात थप उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड रेफर गरिएकोमा उपचारका क्रममा मिति २०८३।०२।०४ गते ८:३० बजे निज दुलालको बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ ।
ठक्कर दिने माेटर साइकल चालक दमक ४ का २४ वर्षीय प्रविण ढुंगानालाई इप्रका दमकले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।


















