शुक्रबार जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा
बारा/ बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यस बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको उपरीक्षक खनालले...










