काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइला–बाफल क्षेत्रमा एउटा गोदाममा आगलागी भएको छ ।

लामखुट्टे मार्न प्रयोग हुने झोल पदार्थ (किटनाशक औषधि) उत्पादन गर्ने कम्पनीको गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीका अनुसार अहिले जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकालगायतबाट ४ वटा दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ ।

अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी लगभग नियन्त्रण हुने अवस्थामा रहेको डिएसपी बोगटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया