मौकामा चौका हान्ने ! बढी भाडा असुल्ने ५ जना टिकट काउन्टरबाटै पक्राउ, ट्राफिकले थाल्यो निगरानी
काठमाडौं । दसैं मनाउन घर जाने यात्रुसँग बढी भाडा असुलेको अभियोगमा प्रहरीले टिकट काउन्टरबाट ५ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशामा खटिएका प्रहरीले उनीहरुलाई कोटेश्वर र बल्खुबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार मकवानपुरका श्रीराम स्याङ्तान, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल, पाँचथरका उपेन्द...











