मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने
विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठा पाठनमा सक्रिय भएका हुन् । बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गर्न...











