काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच मंगलबार भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर भएको छ । सझदारीपत्रमा हस्ताक्षर भएसँगै अब औपचारिक रूपमै भाइचार सम्बन्ध कायम भएको छ ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौंस्थित होटल म्यारिअटमा भएको छलफलपछि दुई पार्टीबीच औपचारिक सम्बन्ध स्थापित भएको हो । सझदारीपत्रमा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी÷पार्टी अनुभव आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध ९बुद्धिजीवी, नागरिक संस्था, मिडिया० अभिवृद्धि र विचार÷सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन विषय उल्लेख गरिएको छ ।

समझदारीपत्रमा हस्ताक्षरसँगै मंगलबारको पहिलो कार्यक्रम सम्पन्न भएको छ भने ‘विचारधारात्मक छलफल कार्यक्रम’ जारी नै रहेको छ । अबको कार्यक्रम थप दुई सत्रमा सञ्चालन हुने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए । विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली बुधबार चीन फर्किने कार्यक्रम रहेको छ ।

यस्तो छ ६ बुँदे समझदारी

१। उच्चस्तरीय भ्रमण
२। कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३।पार्टी/पार्टी अनुभवमा आधारित सहयोग आदानप्रदान
४। युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान
५। जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६।विचार/सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएको हो । यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपटक चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि बृहत् रूपमा आयोजना गरिएको हो । २७ असोजमा चीनका राष्ट्रपति सी चिनफिङ आउने बताइएको छ ।

दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन् । जसलाई चीनमा माओत्सेतुङपछिकै ठूलो वैचारिक विकास मानिएको छ ।

व्यक्तिभन्दा माथि संगठन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने विचार गोष्ठी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको परिचयात्मक कार्यक्रम तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठी कार्यक्रम सोमबारदेखि काठमाडौंमा सुरु भएको हो ।

नेकपा स्थायी कमिटीका सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले कार्यक्रम उत्साहजनक, उपलब्धिमूलक रहेको बताए । कार्यक्रमले एकअर्काले अपनाएको प्रणाली, अभ्यास, विचार र सिद्धान्तबारे बुझ्न मद्दत पुगेको उनले बताए । सीपीसीका केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य सु नानपिङले कम्युनिस्ट पार्टी निर्माण र त्यसमार्फत राज्य चलाउन अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताए । कम्युनिस्ट पार्टीमार्फत सत्ता सञ्चालन गर्नका लागि व्यक्तिभन्दा संगठन ठूलो र बलियो हुनुपर्ने उनले बताए । व्यक्तिभन्दा माथि संगठन हुनुपर्ने बताउँदै उनले संगठन बलियो र अनुशासित नभए केही पनि गर्न नसकिने बताए ।

संगठन संरचनाबारे जानकारी गराउँदै पिङले भने, ‘समृद्ध चीन निर्माणको आधार भनेको चिनियाँ कम्युनिस्ट पार्टीको संगठन नै हो । विचार, राजनीतिक दृष्टि, अनुशासन, आर्थिक पारदर्शिता, पार्टीप्रतिको लगनशीलताका दृष्टिले बलियो पार्टी संगठन रहेकाले चिनियाँ कम्युनिस्ट पार्टी सफल बन्दै गएको छ ।’ कम्युनिस्ट पार्टीमा संगठन महŒवपूर्ण तŒव रहेको बताउँदै उनले नेता भनेका संगठनका सदस्य मात्रै रहेको बताए । संगठनका हरेक निर्णय अनुशासित ढंगले कार्यान्वयन गर्नुपर्ने सु नानपिङको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी एक नेताले बताए ।

चीनको सर्वोच्च नेता बन्ने आधार सेल कमिटी र युवा संगठन रहेको बताउँदै पार्टीको हरेक निर्णय सेल कमिटीमार्फत कार्यान्वयन हुँदै आएको बताए । पार्टी सदस्यता जसलाई पनि दिन नहुने बताउँदै उनले नीति, सिद्धान्तबारे प्रशिक्षण दिएपछि मात्रै सदस्यता वितरण गर्नुपर्ने बताए । सीपीसीको सदस्य ९ करोड रहेको बताउँदै उनले बर्सेनि २० लाखभन्दा बढीले पार्टी सदस्यताका लागि सेल कमिटीमा निवेदन दिने गरेको बताए । सन १९२१ मा स्थापना भएको सीपीसीको सदस्यता आस्था, विश्वास र चाहनाकै आधारमा चीनमा नदिइएको उनले बताए । अनुशासनको उल्लंघन गर्नेलाई कडा कारबाहीको व्यवस्था रहेको उनले बताए ।सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओलगायतका नेताहरूले सी चिनफिङ विचारधारा, सांस्कृतिक, आर्थिक, इतिहासलगायतका विषयमा केन्द्रीत भई छलफल गरे । कार्यक्रममा नेकपाबाट २५० भन्दा बढी नेता सहभागी थिए

दाहाल र ताओबीच भेटघाट

यसैबीच नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओबीच भेटघाट भएको छ । राजधानीस्थित होटल मेरिओटमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएको छ । अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन् ।

दुई कम्युनिस्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने उनले बताए । ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु,’ भेटका क्रममा दाहालले भने । चिनियाँ विदेश विभाग प्रमुख ताओले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनु रहेको बताए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया