पिसाव लाग्यो भन्ने बाहना बनाई गाडी रोक्न लगाएर गोली प्रहार
काठमाडौं । अमिलीया तुलसीपुर सडक खण्डको भन्ज्याङमा गोली चलेको छ । ४ जनाको समहूमा रहेका भारतीय नागरिकले रुपैडिया निबासी ३० वर्षिय कार चालक मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
सो समहुले युपी ४० एडी ९११ नम्बरको कार चालक शाहमाथि गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए । ‘हामी घटना स्थलमा पुगेर हे(यौ,’ प्रहरी...











