कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित
खोटाङ : नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गरिएको छ। २०७९ सालमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी निलम्बनमा परेका हुन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकले राईलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।स...











