ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा आगलागी

ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा आगलागी
१३ पुस, काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ । राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगाे फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगाे नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगलागीको कारण र क्षत...

सोमालियामा शक्तिशाली विस्फोट कम्तीमा ७६ जनाको मृत्यु

सोमालियामा शक्तिशाली विस्फोट  कम्तीमा ७६ जनाको मृत्यु
पुस १३,  सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुदाँ ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, विस्फोटपछि मृत शरीरहरू तितरवितर भएर छरिएका थिए । केही शव चिन्नै नसकिने गरी जलेका छन् । विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अल-शाबब मिलिट्यान्सले पटक/पटक आक्रमण गर्ने गरेकाले उसैमाथि शंका गरिएको छ । सोमालियाका विदेश ...

१४ वर्षीय बालिकालाई जवर्जस्ती गर्ने ६९ वर्षीय वृद्ध पक्राउ

१४ वर्षीय बालिकालाई जवर्जस्ती गर्ने ६९ वर्षीय वृद्ध पक्राउ
१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइ रहेका छन् । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । दमाइले शरीरका संवेदनशील अंगम...

मोदीको मुस्लिमफोबियाले नेपाललाई साइड इफेक्ट

मोदीको मुस्लिमफोबियाले नेपाललाई साइड इफेक्ट
काठमाडौँ । संसारमा सबैभन्दा बढी भगवान जन्माउने देश कुन हो? प्रश्न भुइँमा नझरी झर्ने उत्तर हो – भारत। जनगणना गर्ने हो भने भारतमा मान्छेभन्दा भगवान बढी छन् होलान्। ओभरपपुलेटेड विथ गड्स। यतिका भगवान अटाउने देशसँग आफ्नै मान्छे अटाउने ठाउँ त किन नहोला र ? तर पात्रोबाट २०१९ भाग्नै लाग्दा भारतमा एउटा यस्तो ठूलो तहल्का आयो। जसले भगवानका देशबाट मान्छेहरु भगाउने डरलाग्दो संकेत देखायो। कुरो हो २ हप्ता अघि...

मतानमा शंकास्पद आगोलागी, प्रहरीले आंशकामा एक महिला पक्राउ

मतानमा शंकास्पद आगोलागी,  प्रहरीले आंशकामा एक महिला पक्राउ
खोटाङ /खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शुक्रबार राति शंकास्पद तबर बाट  आगोलागी भएको वडाध्यक्ष दिपेन राईले वताए । उनको मतानमा अचानक आगोलागी शुरु भएको थियो । मतानमा शंकास्पद तरवबाट आगोलागी भएपछि स्थानीय एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । रिसइविमा आगो लगाइ दिएको आशंकामा उनलाई पक्राउ गरिएको बताईएको छ । यद्यपी, मतानमा आगलागी हुनुको कारण भने खुलेको छैन ।

सल्यानमा घोडाले हान्दा बालकको ज्यान गयो

सल्यानमा घोडाले हान्दा बालकको ज्यान गयो
सल्यान वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हिर्काउँदा एक बालकको ज्यान गएको छ । वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाको ज्यान गएको हो । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए । घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  

पुस १५ गते सार्वजनिक विदा !

पुस १५ गते सार्वजनिक विदा !
तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते मङ्गलबार सार्वजनिक विदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। तमु ल्होसारका अवसरमा गत वर्ष पनि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो। सरकारले गुरु...

विप्लव समूहका इञ्चार्ज उमा भुजेल सहित ४ पक्राउ

विप्लव समूहका  इञ्चार्ज उमा भुजेल सहित ४ पक्राउ
मोरङ / सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो । यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ज...

राजश्व चुहावट नियन्त्रण सम्वन्धि छलफल कार्यक्रम

राजश्व चुहावट नियन्त्रण सम्वन्धि  छलफल कार्यक्रम
विराटनगर / राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भंसार विभाग, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा राजश्व चुहावट नियन्त्रण तथा उद्योग/व्यापारसंघ सम्वन्धित छलफल कार्यक्रमको आयोजना गरेको छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भंसार, राजश्व विभाग प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसंग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा ...

आगोलागीबाट जलेर एक जनाको मृत्यु

आगोलागीबाट जलेर एक जनाको मृत्यु
मोरङ / मोरङमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएकाे छ । मोरङकाे ग्रामथान गाँउपालिका ४ बस्ने पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय राम बहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ शुक्रवार बेलुका सँबा ७ बजे गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए...