पुस १३,  सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुदाँ ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, विस्फोटपछि मृत शरीरहरू तितरवितर भएर छरिएका थिए । केही शव चिन्नै नसकिने गरी जलेका छन् । विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अल-शाबब मिलिट्यान्सले पटक/पटक आक्रमण गर्ने गरेकाले उसैमाथि शंका गरिएको छ ।

सोमालियाका विदेश मन्त्री अहमद अवाडले ट्विट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर रहेको जनाएका छन् । एएफपीले जनाउ अनुसार आक्रमणकारीको निसानामा विद्यार्थीसमेत परेका छन् । बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेको छ ।

 

तपाईको प्रतिक्रिया