मोरङ / मोरङमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएकाे छ । मोरङकाे ग्रामथान गाँउपालिका ४ बस्ने पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय राम बहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

शुक्रवार बेलुका सँबा ७ बजे गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया