ऋचा शर्मा भन्छिन्- ‘जस्तो मान्छेसँग बिहे गर्न मन थियो, त्यस्तै मान्छेसँग चाँडै बिहे हुनेवाला छ !’
काठमाडौँ — फिल्म उद्योगमा ऋचा शर्मालाई ‘सिरियस’ कलाकारका रुपमा हेर्ने गरिन्छ । तर, ऋचा यो कुरा स्विकार गर्दिनन् । ‘म अभिनय गर्छु, यो मेरो जागिर हो,’ उनले थपिन्, ‘मानिसले आफ्नो जागिर सकेसम्म उत्कृष्ट रुपमा गर्नुपर्छ ।
मैले हरेक प्रोजेक्टमा सकेसम्म राम्रो गर्ने प्रयास मात्रै गरेकी हुँ ।’ ऋचाले दर्जनौं चलचित्रमा काम गरेकी छन् । त्यसमध्ये केही उत्कृष्ट फिल्ममा दरिएको छ । उनका केही फिल्म अ...









