आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश प्रहरी गठन गर्न आग्रह
विराटनगर/ विराटनगरमा भेला भएका सातै प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोल्न संघीय सरकारसँग आग्रह गरेका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत उपस्थित भएको बैठकमा सातै प्रदेशका सचिव र न्यायाधिवक्ता, सुुरक्षा प्रमुखपनि सहभागी थिए ।
संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर...











