उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते

उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुण्डास्थित भित्री कच्ची सडकखण्डमा बिहीबार राति अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जलजलेबाट बलुवाटारतर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०५९७ नम्बरको अटो राति करिब ११ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक त्रियुगा नगरपालिका–६ जलजलेका १८ वर्षीय प्रकाश गडेरी घाइते भएका छन् । दाहिने खुट्टामा सामान्य ...

अतिक्रमित जग्गाको विवरण तीन दिनभित्र बुझाउन प्रशासनको निर्देशन

अतिक्रमित जग्गाको विवरण तीन दिनभित्र बुझाउन प्रशासनको निर्देशन
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाभरका स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनलाई आधार मानेर प्रशासनले जिल्लाका सबै १० स्थानीय तहलाई पत्राचार गर्दै हार्ड र सफ्ट दुवै प्रतिमा विवरण बुझाउन भनेको हो । प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गरेको पत्रमा अतिक्रमित सरकारी तथा ...

आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई

आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई
सुर्खेत / गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ । सात महिना बितिसक्दा पनि क्षतिग्रस्त संरचना पुर्ननिर्माणमा सरकारको ध्यान गएको छैन । जेनजी आन्दोलनमा सबै भन्दा धेरै क्षति व्यहोरेको कर्णाली प्रदेशसभा सचिवालयको भवन मर्मत र पुर्ननिर्माण नगर्दा कर्णाली प्रदेशसभा अधिवेशनका लागि वैकल्पिक स्थानको खोजी गर्नु परेको छ। जेनजी आन्दोलनम...

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले वैज्ञानिक, वस्तुपरक र पारदर्शी प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यसहित कार्यविधि अघि सारेको जनाएको छ । रास्वपाका अनुसार उम्मेदवार छनोट प्रक्रिया अब भावना, पहुँच वा व्यक्तिगत प्रभावभन्दा माथि उठेर मापनयोग्य मापदण्ड, प्रमाण र तथ्यमा आध...

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
विराटनगर । बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका एकलाई प्रहरीले ताप्लेजुङको फुङलिङ बजारबाट पक्राउ गरेको छ । चार वटा बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका फुङलिङ नगरपालिका– ११ का ३६ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।विष्टबाट ४ वटा बैंकिङ कसुरमा ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। अदालतले दोषी ठहर गरिसकेका उनी फरार रहेकोमा प्रहरीले फ...

व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द

व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द
बिर्तामोड । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छो...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न, सम्हाले संगठनको कमाण्ड

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न, सम्हाले संगठनको कमाण्ड
काठमाडाैं। सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले पदको दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले उनलाई आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) को भूमिकामा रहेका पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेसँगै उन...

सुकुमबासी सङ्घले घोषणा गर्‍यो आम हडतालसम्मको आन्दोलन

सुकुमबासी सङ्घले घोषणा गर्‍यो आम हडतालसम्मको आन्दोलन
काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएकाे संघका अध्यक्ष अमर परियारले जानकारी दिए। वैशाख २० गतेसम्म (पहिलो चरण) संघर्षको कार्यतालिकाः १. नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्ड र सहसंयोजक क. माधवकुमार नेपाललाई संघर्षको कार्यक्रम र कार्यतालिकाबारे जानकारी गराई पार्टीका सबै प्रदेश, जिल्ला ...

लेटाङमा हराएका ३० बाख्रामध्ये १० मृत फेला, २० बिरामी अवस्थामा उद्धार

लेटाङमा हराएका ३० बाख्रामध्ये  १० मृत फेला, २० बिरामी अवस्थामा उद्धार
लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ स्थित मोरङे खोला डिल क्षेत्रमा हराएका ३० वटा बाख्रामध्ये १० वटा मृत अवस्थामा फेला परेका छन् भने २० वटा केही बिरामी अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। आज बिहान उक्त क्षेत्रमा बाख्राहरू फेला परेको हो। खेरुवा ५ आर्मी क्याम्प नजिकैबाट वैशाख १४ गते चरनका लागि जंगलतर्फ लगिएका बाख्रा साँझसम्म घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। लामो समयसम्म सम्पर्कविहीन बनेपछि...

लिबियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु, सात जनाको उद्धार

लिबियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु, सात जनाको उद्धार
लिबिया । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ । सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा सम...