रास्वपा नेता भण्डारीमाथि रड प्रहार, टाउकामा १० टाँका
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) नेता बदन भण्डारीमाथि आक्रमण भएको छ ।
रास्वपा सार्वजनिक मामिला विभाग सचिवसमेत रहेका भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार कपनस्थित पार्टी कार्यालयबाट घर जाने क्रममा उनीमाथि मोटरसाइकलमा आएका ३ जनाको अपरिचित समूहले रड प्रहार गरी आक्रमण गरेको हो ।
आक्रमणबाट भण्डारीको टाउको र खुट्टामा चोट...











