प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ , प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने
प्रदेश १ सरकारले नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो ।
विराटनगरको शहीद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टिसहित सुरु भएको पर्यटन वर्षको शुभारम्भ हेर्न रंगशालाको प्याराफिड भरिएको थियो । भ्रमण वर्षमा विभिन्न जातजातीका झाकीहरू प्रस्तुत गरिएको थियो । भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री श...