राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?
राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको हो खुलाउन माग गरेका छन्।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महतोले सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा विवरण नखुलाएकोमा आपत्ति जनाए।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजेन्द्र महतोलगायतका ८ जनाको...









