प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपचारका लागि सिंगापुर उड्दैछन्। राति ९:५० बजे  पत्नी राधिका शाक्यसहित ९ जनाको टोली लिएर प्रधानमन्त्री सिंगापुर जान

लागेका हुन्।

टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिब्या सिंहसहित ९ जना रहने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार हुनेछ। यसअघि उनको थाइल्यान्डको बैंककस्थित बुमरुनग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा उपचार हुँदै आएको थियो। पछिल्लोपटक २०७४ पुस अन्तिम साता उनको यही अस्पतालमा ‘फलोअप चेकअप’  भएको थियो।

तपाईको प्रतिक्रिया