उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुण्डास्थित भित्री कच्ची सडकखण्डमा बिहीबार राति अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
जलजलेबाट बलुवाटारतर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०५९७ नम्बरको अटो राति करिब ११ बजे आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक त्रियुगा नगरपालिका–६ जलजलेका १८ वर्षीय प्रकाश गडेरी घाइते भएका छन् । दाहिने खुट्टामा सामान्य ...











