दुई बालिका हत्या प्रकरण ,आमाद्वारा अपराध स्वीकार, श्रीमानले टर्चर दिएपछि बिष सेवन

दुई बालिका हत्या प्रकरण ,आमाद्वारा अपराध स्वीकार, श्रीमानले टर्चर दिएपछि बिष सेवन
विराटनगर : अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, उनले भनिन्, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ । मो...

दुई बालिका हत्या प्रकरण ,आमाद्वारा अपराध स्वीकार, श्रीमानले टर्चर दिएपछि बिष सेवन

दुई बालिका हत्या प्रकरण ,आमाद्वारा अपराध स्वीकार, श्रीमानले टर्चर दिएपछि बिष सेवन
विराटनगर : अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ, उनले भनिन्, श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ । मोरङ सुन्द...

विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने बनाउँछौं : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने बनाउँछौं : प्रधानमन्त्री
 प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औं सम्मेलनको आज उद्घाटन गरेका छन् । उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुप...

एमाले पोलिटब्यूरो बैठक आज पनि, वार्षिक कार्ययोजनामा छलफल

एमाले पोलिटब्यूरो बैठक आज पनि, वार्षिक कार्ययोजनामा छलफल
 नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो बैठक दिउँसो साढे १२ बजे बस्ने छ  । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आ–आफ्नो सुझाव दिने कार्यतालिका रहेको बताए । उनका अनुसार प्रत्येक पोलि...

काठमाडौं तारकेश्वरमा बालकलाई खोलाले बगायो

काठमाडौं तारकेश्वरमा बालकलाई खोलाले बगायो
काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ- लिङदेन

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ- लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् । उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको कम्पनि नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प...

बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न

बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् ।  आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकमा उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन् । उनले काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचना छलफल बिनै जारी भएको बताएकी छन् । उनले भनिन्...

यो वर्षको दशैंमा नयाँ नोट नसाटिने

यो वर्षको दशैंमा नयाँ नोट नसाटिने
यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् । नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए । राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्...

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट
काठमाडौँ  / संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीबीचको भेटमा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा ...

विराटनगरका पाँच स्थानमा ट्राफिक लाईट जडान हुँदै

विराटनगरका पाँच  स्थानमा ट्राफिक लाईट जडान हुँदै
विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ। ७७ लाखको लागतमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको हो। ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान गरिदै छ । पहिलो चरणमा कन्चनबारी,घास चौक,रोडशेष, जलजला चौक र तिन...