जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रिय माध्यमिक विद्यालय को नतिजा सबैभन्दा कमजोर देखिएको छ । विद्यालयको कमजोर प्रदर्शनपछि स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षा सरोकारवालामाझ गम्भीर चासो र बहस सुरु भएको छ ।
प्राप्त विवरणअनुसार जनप्रिय माविबाट SEE परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये ७ जना मात्र ग्रेडेड हुन...











