आफ्नै नियमले अफ्ठेराेमा प्रहरी , एकै पटक विदा हुँदै यी १०४ अधिकृत
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुने भएका छन् । नेपाल प्रहरीमा निरीक्षकदेखि डिआइजीसम्म ८९ जना र सशस्त्र प्रहरीमा १५ जना एकैसाथ अवकाश हुने भएका हुन् । त्यसबाट एकातर्फ उच्च तहका धेरै अधिकृतहरूका लागि बढुवाको बाटो खुल्नेछ ।
प्रहरी नियमावलीमा फेरबदल नआए भदौ १६ गते प्रहरीका माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जानेछन् । ३० वर्षे...