जेनजी आन्दोलन र अन्तर्राष्ट्रिय आर्थिक नीतिले स्वदेशी उद्योग संकटमा : कोशी उद्योग परिसंघको गम्भीर चासो
विराटनगर / जेनजी आन्दोलनका कारण उत्पन्न आर्थिक तथा औद्योगिक असहजता, बदलिँदो अन्तर्राष्ट्रिय आर्थिक रणनीति र स्वदेशी उद्योग क्षेत्रमा त्यसले पारेको प्रभावबारे नेपाल उद्योग परिसंघ कोशीले गम्भीर चासो व्यक्त गरेको छ।
परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाको नेतृत्वमा प्रतिनिधिमण्डलले बुधबार विराटनगरमा अर्थमन्त्री रामेश्वर खनाल र बिहीबार काठमाडौंमा उद्योगमन्त्री अनिलकुमार सिंहलाई भेटी वर्तम...











