प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थि...

धरानमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी

धरानमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी
धरान / धरानमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ । धरान-१३ स्थित शिव धारामा गुडिरहेको १५० सिसीको पल्सर मोटरसाइकलमा अचानक आगलागी भई जलेर ध्वस्त भएको हो । धरान-१५ बाट हतुवागढि भोजपुर कुल पूजा गर्न हिँडेका अमर राईको मोटरसाइकल जलेर ध्वस्त भएको हो ।कुदाउँदा कुदाउँदै गरेको को ३० प ४ नम्बरको बजाजको पल्सर मोटरसाइकल जलेर नष्ट भएको धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नेत्र काफ्लेले ज...

फेसबुकले माग्यो माफी, फर्कायो बालेनको पोस्ट

फेसबुकले माग्यो माफी, फर्कायो बालेनको पोस्ट
इटहरी । सामाजिक सञ्जाल फेसबुकले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक पोस्ट हटाएकोमा माफी माग्दै पुनः फर्काइदिएको छ। फेसबुकले बालेनको पोस्ट कम्युनिटी गाइडलाइनभित्रै रहेको पाइएपछि पुनः फर्काएको स्पष्ट पारेको छ। अहिले बालेनको फेसबुकमा उक्त पोस्ट देख्न सकिन्छ। भदौ १६ गते बालेनले बाल श्रम शोषणको आरोप लागेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई कानुनी कारबाही नगरेको...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
२२ भदौ, चितवन । मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो । बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ ।  

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो
२१ भदौ, काठमाडौं । बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २०  वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो । बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए । बिहीबार राती कुँ...

दुबईमा निधन भएका लेटाङका पौडेलको शव १७ दिनपछि घर आइपुग्यो

दुबईमा निधन भएका लेटाङका  पौडेलको  शव १७ दिनपछि घर आइपुग्यो
लेटाङ। मोरङको लेटाङ(९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ। रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो। तर, उनको शव नेपाल ल्याउन झण्डै दुई साताको समय लाग्यो, जसले प्रवासमा रहेका नेपालीहरूको जीवन र चुनौतीहरूको यथार्थलाई पुनः उजागर गरिदिएको छ। पौडेल तीन महिना अघि रोजगारीका लागि दुबई गएका थिए, तर य...

आजको मौसम : आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली

आजको मौसम : आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। ...

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो
काठमाडाैं / सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद...

कुदिरहेको मोटरसाइकलमा ढुङ्गाले लाग्दा सुन्दरहरैंचाका युवाको मृत्यु

कुदिरहेको मोटरसाइकलमा ढुङ्गाले लाग्दा  सुन्दरहरैंचाका युवाको मृत्यु
पाँचथर–पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइ रहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरका २६ वर्षीय उद्धव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ढकाल काबेली ए जल विद्युत् आयोजनामा कार्यरत थिए । उनलाई बुधवार हिलिहाङ १ हाङदे भन्ने स्थानमा बिहान साढे नौ बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक ...

धनगढी, विराटनगर र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

धनगढी, विराटनगर र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
काठमाडाैं । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो। बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्...